
प्रिमियर लिग: वेस्टह्याममाथि चेल्सीको सहज जीत
काठमाडौं, पुस ७ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले सहज जीत हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेस्टह्याम युनाइटेडलाई ३-० ले हराएको हो ।
चेल्सीको जीतमा टामी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएका थिए ।
खेलको १०औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । चेल्सीका डिफेन्डर बेन चिलवेल १०औं मिनेटमा नै चोट बोक्दै मैदानबाट बाहिरिएपछि उनको स्थानमा एमरसन प्रवेश गरेका थिए ।
गोल फर्काउन प्रयासरत वेस्टह्यामले केही अवसरहरु पाएपनि कुनैमा चेल्सीका गोलरक्षक र डिफेन्डर बाधक बनेका थिए भने केही प्रहारले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको ७८औं र ८०औं मिनेटमा टामी अब्राहमले दुई गोल गरेपछि चेल्सी ३-० ले अघि बढ्यो । वेस्टह्याम खेलमा फर्कन नसक्दा अन्तिम नतिजा त्यही हुन पुग्य...