
२८ र २९ गते देशभर सरकार विरुद्ध प्रर्दशन गर्दै नेविसंघ
काठमाण्डौँ, मंसिर २५
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आगामी मङ्सिर २८ गते देशभर सिठ्ठी फुकेर सरकार विरोधी आन्दोलन गर्ने भएको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा मङ्सिर २९ गते देशभर प्रदर्शन गर्न लागेको छ । त्यसको प्रचारस्वरुप २८ गते देशका मुख्य शहरहरुमा सिठ्ठी बजाएर सरकार विरोधी आन्दोलन गर्न लागेको हो ।
नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गर्दै सबै जिल्लामा आन्दोलनको लागि आह्वान गरेको हो ।
...