Friday, January 17
Shadow

Tag: प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए । साथै निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएकाथिए ।...
देउवा र प्रचण्डले आज कर्णालीका दुई जिल्लाका चुनावी‌ सभालाई सम्बोधन गर्दै

देउवा र प्रचण्डले आज कर्णालीका दुई जिल्लाका चुनावी‌ सभालाई सम्बोधन गर्दै

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
प्रधानमन्त्री शेरबहादुर देउवा तथा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कर्णालीका दुई चुनावी‌ सभालाई सम्बोधन गर्ने भएका छन्। सुरुमा सुर्खेतको  गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...
प्रधानमन्त्री शेरबहादुर देउवा गुरुङ निवासमा

प्रधानमन्त्री शेरबहादुर देउवा गुरुङ निवासमा

ब्यानर समाचार 2
 प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा पुग्नुभएको छ । गुरुङकी पत्नी शीरमाया गुरुङको यही कात्तिक २० गते निधन भएको थियो । गुरुङ परिवारमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङ निवासमा पुग्नुभएको हो । उहाँले आफ्ना पार्टीका केन्द्रीय सदस्य गुरुङसहित परिवारजनमा समवेदना र स्व शीरमायाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्री देउवालाई शीरमायाको निधनका कारणबारे जानकारी गराइएको थियो । फोक्सोको क्यान्सरका कारण पछिल्लो केही समययता उहाँ अस्वस्थ हुनुहुन्थ्यो । उहाँको ७४ वर्षको उमेरमा निधन भएको हो । उहाँसँगै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरू उपस्थित  हुनुहुन्थ्यो । ...
प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा

प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुग्नुभएको छ । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिनुभयो । उहाँले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । उहाँ हेलिकप्टरमार्फत धनगढी पुग्नुभएको हो । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित निजी निवासमा बस्नुभएको छ । ...
किन देउवाले ग्रहण गर्नुभएन भाइटीका ?

किन देउवाले ग्रहण गर्नुभएन भाइटीका ?

ब्यानर समाचार 2
प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा

खेलकुद, ब्यानर समाचार 2
प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुग्नुभएको छ । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उहाँ पोखरा आउनुभएको हो । यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्नुभएको छ । पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्नुभएको थियो । ...
प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित हुनुभएकामा उहाँलाई बधाई दिनुभएको छ । सठचालिस वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उहाँ आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुनुहँदै छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गर्नुभएको छ ।...
मलाई अहिले नै प्रधानमन्त्री बन्न हतार छैन: देउवा

मलाई अहिले नै प्रधानमन्त्री बन्न हतार छैन: देउवा

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २२ । नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उहाँ आज यहाँ उद्घाटन गर्दै उनले भने, प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले सरकारको नेतृत्व गर्नेभन्दा पनि वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कांग्रेसको मुद्दा हो, त्यसलाई बचाउनु कांग्रेसकै भूमिका बढी हुन्छ, त्यसैले पनि वर्तमान राजनीतिक गतिरोध अन्त्यमा लाग्नुपर्छ कांग्रेस ।” महामन्त्री डा शशाङ्क कोइरालाले तोकिएकै समयमा कांग्रेस महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड ...