
प्रधानमन्त्री ओली र विप्लवले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दै
काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दैछन् ।
सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना हुँदैछ ।
राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्नेछन् ।
बिहीवार भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।
यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको ...