
प्रचण्ड–माधव पक्षद्वारा नेकपाको आधिकारिकता दाबि
काठमाडौँ , माघ २० । नेकपा प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश गरेका हुन् । साथै अब सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई पक्ष मध्ये कुन पक्ष आधिकारिक हो भन्ने विषय एक कदम अगाडी बढेको छ ।
नेकपाको प्रचण्ड९नेपाल पक्षले आफु पक्षका २७५ केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आफ्नो आधिकारिकता निर्वाचन आयोगमा दाबी गरेपछि अब नियम अनुसार यो प्रक्रिया अगाडी बढ्ने देखिएको छ ।
एक पक्षको दाबिपछि आयोगलाई राजनीतिक दलसम्बन्धि ऐन अनुसार नेकपाको आधिकारिकता टुंगाउन सजिलो हुने भएको हो ।
प्रचण्ड पक्षले आयोगले यस अघि मान्यता दिएका ४४१ मध्ये २७५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाएपछि ...