
अनुहारको सुन्दरता बढाउने पुदीनाका अरु पनि छन यस्ता फाइदा
काठमाडौ,मंसिर २२
पुदीनामा हुने एन्टी ब्याक्टेरियल गुणले अनुहारमा एक्नी पैदा गर्ने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ । जसले अनुहारमा हुने दागधब्बा समेत हटाउँछ । शरीरका भित्रि अंगहरुलाई मात्र होइन बाहिरी सुन्दरता पनि बढाउँछ । साथै, यसको सुगन्धले मानिसहरुलाई आर्कषित पनि गर्छ ।
कपाल झर्न रोक्छ
पुदीनाको पातमा एन्टी अक्सिडेन्टको मात्रा प्रयाप्त पाइन्छ । यो कपाल वृद्धि गर्ने प्रमुख स्रोत हो । पुदीनाका पातले कपाल झर्न समेत रोक्छ । यसका लागि पुदीनाको पातहरुलाई पानीमा उमाल्ने र उक्त पानीलाई चिसो बनाउने र कपालको जरामा लगाउने र केही मिनेटपछि कपालको जरामा मसाज गर्ने त्यसपछि १० देखि १५ मिनेटमा पखाल्ने गर्दा कपाल झर्ने समस्या कम हुन्छ ।'
चाउरी कम गर्न
पुदीनाले अनुहारको चाउरी कम गर्छ । पानीमा पुदीनाको पात हालेर उमाल्ने र त्यसलाई छानेर स्प्रे बोतलमा राख्ने र अनुहारमा दिनमा २ वा ३ पटक चर्किने । ज...