
उपप्रधानमन्त्री महतोको चर्को विरोध, देश भर पुत्ला दहनको तयारी
काठमाण्डौँ, जेठ २२
नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री महतोले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै पुत्ला जलाउन थालिएको छ । आज शनिवार उनले बहुल राष्ट्रिय राज्यको वकालत गरेको भन्दै उनको अभिव्यक्तिप्रति तिब्ररुपमा विरोध समेत भईरहेको छ। उनको अभिव्यक्तिपछि देश भर विरोधका साथै पुत्ला जलाउने तयारी भईरहेको छ । सामाजिक संजालमा चर्को विरोध संधै सचेत नेपालीले खुलेर विरोध गर्न आव्हान समेत गरिएको छ ।
मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका थिए। शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअन...