
पाईला_पाईलामा राज्यलाई तिर्ने कर घाटीको पासो भो ।
नागरिकता बनाये,बनाए राहदानी ।
म पनि जान्छु अब खाडीको बालुवाखानी ।
तेरो भरमा मेरो घर चलेन सरकार ।
म दिन,दुखीको अब तलाई के दरकार ।
पुर्खा कहिले लाहुरे बने कहिले,
हाड घोट्ने कालो पहाड गए ।
मैले अब उनीहरूकै पाईला पछ्याउने भए ।
रेमिट्यान्स पठाउला खर्च चलाउन ।
मेरो रगत र आँसुको मान मनितो राख्नु ।
बाचेको रहर अनि कहरको तलाई वार्षिक करतिरौंला ।
मरे रातो बाकसमा घर फर्कुला।
यो शहर त रहेछ खान्दानीहरुको राजधानी ।
म पनि जान्छु अब खाडीको बालुवाखानी ।
बन्धकी राख्याछु घर-खेतवारी साहुलाई ।
बुझाको छु अन्नको भकारी ।
मेरो पसिना आईन्दा बग्ने भो साउदीको मरुभूमि मा ।
एक टुक्रा धर्ती रहेन आफ्नै जन्म भुमि मा।
जिन्दगीको हिसाब_किताब यता कहिले नमिल्ने ।
नियतिको बही खाता मिलाउन म त अब उतै सुईकिने।
सरकारले उता नजा भनेन राज्यले यता नागरिक गनेन ।
मेरो हारगुहार सुन्ने आफ्नत नै रहेन स्वदेशमा ।
थाहा छैन ...