
सात नक्कली परीक्षार्थी पक्राउ
काठमाण्डौं, पुष १९
सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परीक्षामा सात जना नक्कली परीक्षार्थी फेला परेका छन् ।
अरुको सट्टामा परीक्षा दिइरहेका र दिन लागाउने दुवैलाई पक्राउ गरेको जिल्ला पूहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कञ्चनपुरको पुर्नवास नगरपालिका १ का ईराज तामाङ, सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् ।
त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० की कमला शर्मा र जाजरकोट जुनिचाँदे गाउँपालिका १ की कविता कार्की पक्राउ परेका छन् ।
यसैगरि अन्य दुई जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
...