Wednesday, April 23
Shadow

Tag: पत्नी सीता

पत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे अस्पताल, के छ स्वास्थ्य अवस्था  ?

पत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे अस्पताल, के छ स्वास्थ्य अवस्था ?

ब्यानर समाचार, समाचार
  काठमाडौं , पुस १५ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । यसैबीच अस्वस्थ भएर अस्पताल भर्ना भएकी पत्नी सीता दाहाल भेट्न पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् । बुधबार साँझ प्रचण्ड ललितपुरस्थि मेडिसिटी अस्पतालमा उपचाररत सीताको स्वास्थ्य अवस्था बुझ्न पुगेका हुन् ।छोरी गंगा दाहालले बुधबार बिहान सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् । सीता दाहाल केही वर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी० भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।...