नयाँ परराष्ट्र नीतिका १३ चुनौती, १५ अवसर
काठमाडौ,मंसिर २२
आइतवार सार्वजनिक गरिएको परराष्ट्र नीतिमा नेपालका चुनौती र अवसरहरु पहिल्याइएको छ । सो नीतिका अनुसार नेपालको वाह्य मामिलामा अवसर र चुनौतीहरु केलाइएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सार्वजनिक गरेको नयाँ परराष्ट्र नीतिमा नेपालको विदेश सम्बन्धबारे विभिन्न १३ वटा चुनौतीहरु रहेको उल्लेख छ ।त्यसैगरी नेपालको परराष्ट्र सम्बन्धमा विभिन्न १५ वटा अवसरहरु रहेको नयाँ परराष्ट्र नीतिमा उल्लेख छ ।
सरकारले तयार पारेको नयाँ नीतिमा उल्लेख गरिएका चुनौती र अवसरहरु यस्ता छन्–
चुनौतीहरु
परिवर्तनशील र तरल क्षेत्रीय एवं विश्व परिवेशमा निरन्तरता र परिवर्तनको मर्म अनुसार वृहत्तर राष्ट्रिय हितको रक्षा र प्रवद्र्धन गर्ने
नेपालको अन्तराष्ट्रिय सिमानाको रक्षा गर्ने
परराष्ट्र सम्बन्ध सन्चालनमा सबै पक्षसँग प्रभावकारी समन्वय, सहकार्य, सहयोग लिई एकीकृत राष...