
दाँतमा आउने समस्याको घरमै उपचार, हेर्नुहोस यस्ता छन् उपाय
काठमाडौ,मंसिर २३
दाँतले खाना चपाउने मात्र होइन अनुहारको सुन्दरता सहित ब्यक्तित्वमा समेत महत्व राख्दछ । दाँत सडे, खाल्डो परे घरेलु विधि अपनाएर यस समस्याबाट मुक्त हुन सकिन्छ ।
१. दाँत सम्बन्धि कुनै पनि समस्यामा ल्वाङ प्रभावकारी मानिन्छ । यसले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन । यसकालागी एक चौथाई तिलको तेलमा २/३ थोपा ल्वाङ्गको तेल मिसाएर राती सुत्नु अगाडी दाँतमा लगाएमा दाँतलाई आराम दिलाउँछ ।
२. नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्या कम गर्दछ । साथै कुनैसंक्रमण तथा मुखमा व्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ । यसकालागी एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्छ ।३. एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण लसुनको प्रयोग क्याभिटीमा प्रभावकारी मानिन्छ । लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्नुका साथै दाँतको दुखाईबा...