
फेरि डा. गोविन्द केसीको अनसन सुरु
काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले २० औ सत्याग्रह २ साता पछि सारेका छन्। सरकारी पक्षद्वारा आफ्ना माग पूरा गर्न केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। यसबीचमा माग पुरा नभए यही भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने डा. केसीले बताए। यसअघि केसीले भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए।
केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनसार बढाउन माग गरेका छन्।त्यसैगरी जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्दै सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुप...