
चालक अनुमतिपत्रका लागि ट्रायल खुलाउँदै विभाग
काठमाण्डौँ, पुष ७
कोरोना महामारीले नौ महीनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ । सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेकोले विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए ।
कोरोना महामारीका कारण ११ चैत २०७६ पछि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अब एक सातापछि खुल्ने भएको छ । सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गततका यातायात कार्यायलबाट हुने भएकोले सोही अनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको छ।
सवारी चालक अनुमति पत्र दुवै प्रकारको सवारी साधन (चारपाङ्ग्रे र दुईपाङ्ग्रे)को परीक्षा खुल्ने गरी तयारी भइरहेको पनि भुसालले बताए। लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आव...