
ज्येष्ठ नागरिकलाई कोभिडबारे सचेतना
काठमाण्डौं, पुष १८
ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्च विराटनगरको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विराटनगरमा शनिबार एक कार्यक्रमबीच सम्पन्न कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई विराटनगर महानगरपालिका वडा नम्बर १ कार्यालयले ज्येष्ठ नागरिकलाई मास्क सहयोग गरेको छ । वडाअध्यक्ष उद्धव अर्यालले वडा कार्यालयले ज्येष्ठ नागरिकलाई लक्ष्य गरी विभिन्न कार्यक्रम तय गरिएको बताए । भने,“ज्येष्ठ नागरिक समाजमा सम्पत्ती हुन अहिले महामारीका बेला उहाँहरुको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको सरोकार हो ।”
कार्यक्रममा स्वास्थ्यकर्मीलाई सहभागी गराई ज्येष्ठ नागरिकलाई कोभिड १९ बाट बच्ने उपायबारे जानकारी गराइएको यिो । मञ्चका अध्यक्ष डिल्ली पोखरेलले कोभिड १९ का कारण चैतयता कुनै पनि गतिविधि गर्न नसकिएको भन्दै अब स्थिति सहज हुँदै गए तीर्थाटन गराउने जानकारी दिए । भने,“कोरोनाले ज्येष्ठ नगारिक नै बढी प्रभावित ब...