
जापानले आवश्यक डोज सुरक्षित गर्यो
काठमाण्डौँ ,माघ १६
जापनले आफ्नो १२ करोड ६० लाख जनसंख्यालाई पर्याप्त हुने गरी कोभिड–१९ विरोद्घ को खोप सुनिश्चित गर्न जापान लागि परेको छ । विश्वभर खोप सीमित मात्रा मा भएको ले पछिल्लो अवस्थामा जापानले भने बेलायती फर्मा कम्पनी अस्त्रजेनेका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ विरोधी खोप घरेलुस्तरमा नै उत्पादन गर्न लागेको हो ।
उत्पादनको काम बायोप्रविधि कम्पनी जेसीआर फर्मास्युटिकल्सले गर्नेछ । यस कम्पनीलाई अहिलेसम्म खोप उत्पादनको अनुभव छैन तर यसले आवश्यक एडेनोभाइरस भेक्टर भने विकास गर्न सक्छ । अस्त्रजेनेकाले सम्झौताको शुरुमै जेसीआरलाई उत्पादनको अधिकार दिएको थियो । जेसीआरले ९ करोड डोज खोप उत्पादन गर्ने अपेक्षा गरिएको छ । अहिले विश्वमा खोपको मात्रा सिमीत रहेसँगै जापानले आवश्यक डोज सुरक्षित गर्न नसक्ने हो कि भन्ने अपेक्षा छ ।
अस्त्रजेनेका र जापान सरकारले डिसेम्बरमा १२ करोड डोज खो...