
जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च विन्दुमा
काठमाण्डौँ, मंसिर १८
टोकियो : जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस संक्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको संख्या २१ लाख ४० हजार पुगेको छ । जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो संख्या ३.४ पुगेका तर महिलातर्फको वेरोजगार दर (२.७ प्रतिशत) मा कुनै परिवर्तन नदेखिएको पनि तथ्यांकले देखाएको छ ।
त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि...