
गौतम बुद्ध कपको उपाधि राप्तीलाई
काठमाण्डौँ, मंसिर ३०
चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट मैदानको नमुना खेल मैदानमा सम्पन्न गौतम बुद्ध कपको उपाधि राप्तीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा राप्तीले नारायणीलाई ९ रनले पराजित गरेको हो ।
राप्तीले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा नारायणीले २० ओभर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रनमात्र बनायो ।
नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४८ रनको योगदान दिए । १८.३ ओभरमा अभिनाश बोहराको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका उनले ३१ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे । रित गौतम र इशान पण्डेले समान २७–२७ रनको योगदान दिए ।
राप्तीका लागि अभिनाश बोहराले ३, भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समान १–१ विकेट हात पारे । २ विकेट रन आउटको रुपमा प्राप्त भयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३...