
गुल्मीमा २ हजार ७८५ निजी आवास पुन:निर्माण सम्पन्न
काठमाण्डौं, पुष १८
वि.सं. २०७२ सालमा गएको भूकम्पबाट गुल्मीमा क्षति पुगेका २ हजार ७८५ निजी आवास पुन:निर्माण सम्पन्न भएको छ।
राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय तम्घास गुल्मीका प्रमुख सूर्यनारायण झाका अनुसार हालसम्म गुल्मीमा २ हजार ७८५ जनाले निजी आवास पुन:निर्माण तर्फको अन्तिम किस्ता लिएका छन्।
गुल्मीका कूल ४ हजार ४३६ लाभग्राहीमध्ये ४ हजार २०३ जनाले अझै सम्झौता गरेका छन्। सम्झौता गरेका लाभग्राहीहरूले पहिलो किस्ता लिइसकेका छन् भने दोस्रो किस्ता लिनेको संख्या भने ३ हजार ३७८ रहेको कार्यालयकी कम्प्युटर अपरेटर पार्वती खत्रीले जानकारी दिइन्।
प्राधिकरणले तोकेको मापदण्ड अनुसार घर निर्माण नभएकाले पनि तेस्रो किस्ता लिनेको संख्या कम रहेको कार्यालयका फिल्ड इन्जिनियर बिष्णु पाण्डेले जानकारी दिए। कतिपयले ...