
गगनको अपिल : देश र पार्टीको भविष्य सम्झेर आफूलाई मत दिन सांसदहरुलाई आग्रह
नेपाली कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले पार्टीका सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन् । बुधबार विहान सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्री थापाले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर आफूलाई मतदान आग्रह गरेका हुन् ।
दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ ।
यस्तो छ थापाले मतदान अघि गरेको अपिल
आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ | भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु |
बर्तमान राजनीतिक अन्यौलता र आर्थि...