
खोटाङको भुलभुले दुधकुण्ड पर्यटकिय स्थलको रुपमा विकसित हुदै
३२ साउन, काठमाण्डौं
केशब श्रेष्ठ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ स्थित नेर्पामा रहेको भुलभुले दुधकुण्ड हलेसी पछिको जिल्लाकै उत्कृष्ट धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकसित हुदै आएको छ । गणेश, शिवजि र बुढा निलकण्ठ भगवानको मुर्ति रहेकाले यहँ साउनको सोमबार शिवजीको पुजा गर्न शिवभक्त जाने गरेका छन् ।
यस मन्दिरमा विशेष त बालाचतुर्दशी र राम नवमीमा ठुलो मेला लाग्ने गरेको छ । त्यस्तै ऋषि तर्पणी पुर्णिमामा पनि धामी झांक्री जाने र नुहाउने प्रचलन रहेको छ । भुलभुले दुधकुण्डमा खोटाङ लगायत छिमेकि जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, उदयपुर, सिन्धुली र भारतका समेत पर्यटक तथा भक्तजन आउने गरेका छन् । यस मन्दिरमा पुजाआजा गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।
यस ठाउलाई यलम्बर राजाले राज्य गरेको ठाउ पनि भनिन्छ । यस क्षेत्रका स्थानियहरु होमस्टे सन्चालन गर्ने तयारिमा लागेका छन्...