
चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने
काठमाडौं, फागुन १७ । चीनले नेपाललाई थप ८ लाख डोज कोरोनाविरूद्धको खोप दिने भएको छ । यसअघि उत्तरी छिमेकी चीनले नेपाललाई पाँच लाख डोज खोप दिने घोषणा गरेकोमा अहिले पुनः ८ लाख थप गरेको हो ।
नेपाललाई दक्षिणी छिमेकी भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो। भारतबाट थप २० लाख डोज खोप खरिद गरेर ल्याइसकिएको छ।
नेपाललाई बेलायतले पनि २० लाख डोज खोप दिने घोषणा गरिसकेको छ। अब नेपालमा दोस्रो चरणको खोप अभियान सुरु हुँदै छ । जसमा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइँदै छ ।
पहिलोपटक भारतबाट आएको १० लाख डोज खोप स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनमा खटिनेहरू र पत्रकारलाई लगाइएको थियो ।...