काठमाडौं -२ मा कसरी जित्छिन ओनसरी घर्ती ?
हिजो त्याग र वलिदानको अनुपम उदाहरण देखाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अहिले एजेण्डा विहीन भएको प्रतित हुन्छ । ‘व्यवस्था बदल्यौं, अवस्था बदल्ने छौं’ भन्ने मुख्य नारा बनाएको माओवादी केन्द्रले यतिवेला आफू उठेका हरेक चुनावी क्षेत्रमा जित्नका लागि मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री बन्ने भन्दै मतदातालाई सपना बाँडिरहेका छन् ।
केही दिनअघि माओवादी केन्द्रका सुप्रिमो प्रचण्डले ओनसरी घर्ती उठेको क्षेत्र काठमाडौं–२ मा पुगेर आश्वासन दिए, ‘ओनसरीलाई चुनाव जिताउनुस म विकासे मन्त्री बनाउने छु ।’ काठमाडौं २ का जनताले प्रचण्डले दिने भनेको विकासे मन्त्रीको आश्वासनलाई खासै महत्व दिएनन् । प्रधानमन्त्री बनिसकेका र बन्ने हैसियत रहेका माधवकुमार नेपाललाई पटकपटक मत दिइसकेका त्यस क्षेत्रका जनताले विकासे मन्त्रीको ललीपपलाई के महत्व दिन्थे र ? त्यसपछि ओनसरीले चुनावी अभियानमा उम्मेदवारसँग ...