कांग्रेसको घोषणापत्र : एक घर, एक धारा
कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र)मा सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप एक दशकभित्र एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ ।
खानेपानी संस्थानलाई सस्तोमा बिजुली उपलब्ध गराउने, सहरलाई सफा बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू हरेक नगरपालिकामा सञ्चालन गर्ने सङ्कल्पपत्रमा उल्लेख छ । फोहर पानी प्रशोधन केन्द्र हरेक प्रमुख सहरमा सुरु गरी घर, कारखाना तथा व्यवसायका फोहर पानी बिनाप्रशोधन सिधै नदीमा नपुग्ने व्यवस्था गरिने, ठूला सहरमा जलाशयबाट पानी आपूर्ति गर्ने र त्यो आपूर्तिलाई नियमितरूपमा प्रयोगशालामा परीक्षण गर्ने पद्धति स्थापित गर्ने जनाएको छ ।
यस्तै इन्टरनेटको पहुँच अधिकांश विद्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक भवनसम्म पु¥याइने र शिक्षा तथा...