
नेकपा विवादित भएकाे समयमा चिनियाँ टाेलीकाे नेपाल पवेश
काठमाडौं, १२ पुस ।
नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्षका कारण छिमेकमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा यौटा टोली अहिले भर्खर एअर चाइनाको उडान (Ca\ 437)बाट छङ्तु हुँदै काठमाडौं आइपुगेको छ । चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भोलि बिहान ९ र ११ बजे भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार आज दिउँसो तीन बजे चिनियाँ दूतावास,बालुवाटारमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँगलाई संयुक्त भेटघाट गरी बृफिङ्ग लिने योजना थियो । तर,त्यसमा बालुवाटारबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई जाने निश्चित भएको छ । नेकपा बहुमतले प्रतिनिधिहरूले दूतावासमा भेटवार्ता गर्दा राम्रो सन्देश नजाने भएकाले त्यसो न...