
उखु किसानद्वारा फेरि आन्दोलनको घोषणा , सम्झौताअनुसार भुक्तानी नपाएको गुनासो
काठमाडौं , माघ ७ ।उखु किसानहरु फेरि आन्दोलनमा होमीएका छन् । गत पुस १३ गते सरकार र पीडित उखु किसानबीच भएको भुक्तानीको सम्झौताअनुसार २१ दिन बितिसक्दा समेत आफुहरुले पाउनु पर्ने पूर्ण भुक्तानी नपाएको भन्दै किसानहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।
बिहिबार एक प्रेस वक्तव्य जारी गर्दै पीडित उखु किसान संघर्ष समितिले सम्झौताअनुसार आफुहरुले पाउनुपर्ने पूर्ण भुक्तानी नपाएको, सरकारले भने जति भुक्तानी नभएको र कुन किसानले कति भुक्तानी पाए भन्ने एकिन तथ्याङ्क समेत सार्वजनिक नभएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
संघर्षको कार्यक्रम अन्तरगत आगामी माघ १० गते देखि फागुन ७ गतेसम्म किसान जागर अभियान चलाउने, फागुन ८ गतेदेखि १४ गतेसम्म कालो पट्टी बाधेर खेतमा काम गर्ने, फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म एक छाक उपवास ९भोकभोकै० खेतमा काम गर्ने, र त्यसापछि तेस्रो चरणको आन्दोलनको...