
अंग्रेजी नयाँ वर्ष सन् २०२१ मनाइँदै, छैन उल्लासमय माहोल, सन् २०२० कोरोनाले पीडादायी
काठमाडौं , पुस १७ । अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरू भएको छ । नेपाली समयअनुसार बिहीबार मध्यराति नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ ।
अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, मलेसिया, सिंगापुर, क्यानडा, भारत लगायतका मुलुकमा आतिसवाजीसहित नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ ।नयाँ वर्ष २०२१ भयरहित शान्त, समृद्ध र खुशीको वर्ष हुनेमा विश्वभरका नेताहरूले अपेक्षा गरेका छन् । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ ।
पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।
विव...