Wednesday, April 17
Shadow

समाज

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न

समाचार, समाज, स्वास्थ्य
काठमाडौँ- परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वस्थ जीवन बाँचौँ’ भन्ने नाराका साथ तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित पुरानो गुह्येश्वरी माविमा आयोजित स्वास्थ्य शिविरमा करिब ५ सय जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । एसियन मेडिकल स्टुडेन्स एसोसिएसन–नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सम्बन्धी परामर्शका साथ स्थानीयको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको भट्टको भनाइ छ । स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको बताए । ...
अब बनेपामा नै जापानिज परिकार तालिम

अब बनेपामा नै जापानिज परिकार तालिम

जिवनसैली, समाचार, समाज
काठमाडौ- विगत १४ वर्ष देखि काभ्रेमा संञ्चालन हुँदै आएकाे सुपरनाेभा तालिम केन्द्रले थप तालिमहरू दिन थालेको छ। ईण्डियनकुक,चाईनिजकुक ,कन्टिनेन्टलकुक( युराेपियन), बेकरि,वारिस्ता,नेपाली ,नेवारि परिकार,वेटर ,हाउसकिपिङ,वार टेण्डर तालिम संचालन गर्दै आईरहेकाे केन्द्रमा १ वर्ष देखि वैदेशिक राजगारमा जानेर पढाईकाे सिलसिलामा जानेहरूकाे लागि जापानिज खाना सुसि पनि सुरू गरेकाे प्रशिक्षक नकुल धितालले जानकारि दिनु भयाे,धिताल नेपालकाे पांचतारे हाेटलमा काम गरि विदेसमा समेत अनुभव वटुलेका सेफ हुन। सुपरनाेभाले हाल सम्पन्न विभिन्न निकायकाे सहयाेग,साझेदारि तथा नेपाल सरकारकाे लगानिमा समेत तालिम संचालन गरेकाे छ । तालिम प्राप्तहरू स्वदेशका हाेटल रेष्टुरेन्ट मा काम गर्छन भने कतिले आफ्नै व्यवसाय संचालन गरेका छन भने आधिकासं बैदेशिक राेजगारीमा रहेका बरिस्ठ सेफ माेहन गजुरेलले जानकारी दिनुभयो । ...
परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, समाज, स्वास्थ्य
काठमाडौ- `स्वास्थ्य परिक्षण गरौ, निरोगी र स्वस्थ जीवन बाँचाै´ भन्ने मुल नाराका साथ परिवर्तन अभियान नेपाल नामक सामाजिक संस्थाले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविर चैत २४ गते शनिबार तारकेश्वर नगरपालिका वडा नं. ४ पुरानाे गुहृेश्वरी मा.वि. मा हुने आयोजकले जनाएको छ । शिविरमा स्त्रीरोग सम्बन्धि परिक्षण, बाल राेग सम्बन्धि परिक्षण, मेडिसिन सम्बन्धि, हाडजोर्नी सम्बन्धि परिक्षण, सर्जरी र जनरल परिक्षण हुने छ । शिविर बिहान ९:३० बजेबाट सुरु हुनेछ । शिविरको सहकार्य एसियन मेडिकल स्टुडेन्ट यसाेसियसन नेपालले गरेकाे छ । ...
विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाज
काठमाडौँ, २९ फागुन : परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतित गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ । कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ साल चैत १६ गते भएको हो । माओवादीभित्र उहाँलाई ‘सरल’ नामले चिनिन्छ । माओवादी जनयुद्धलाई सफल बनाउन सक्रिय र ठूलो योगदान पु¥याउने योद्धा हुनुहुन्छ दाहाल । बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था राख्नुभएका दाहाल विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्यका रुपमा क्रियाशील हुनुभएको थियो । पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, साङ्गठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय य...
उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना

उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना

ब्यानर समाचार 2, समाज
कपिलवस्तु, फाल्गुन २८ इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मुस्लिम समुदाय लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् l मौलाना मशहूद खां ले बताउदै भने एक महिनासम्म ब्रतालु ब्रत अर्थात् रोजा बस्छन् । यो वर्ष हिजरी सम्वत् १४४५ हो भने रमजानको नवौँ महिना हो ।रमजानको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हरूमा सुख शांति एवम् समृद्धिको कामना सहित शुभकामना दिदै बिशेष परिस्थितिका व्यक्ति बालबालिका, बिरामी, अशक्त र गर्भवतीलाई रोजा अनिवार्य नरहेको बताए।साथै रमजानमा दानको समेत बिशेष महत्व रहेकाले आफूले गर्न सक्ने दान समेत गर्नु पर्ने बताउदै रमाजमा नमाज तथा कुरान शरीफ पढ्नाले विशेष पुण्य प्राप्त ...
रास्ट्रसेवादेखि विवाह बन्दनसम्म !

रास्ट्रसेवादेखि विवाह बन्दनसम्म !

ब्यानर समाचार, समाज
विवाह उमेर पुगेका युवायुवती बिच हुने आत्मीय बन्दन हो । विवाह सामान्य कुरा भएता पनि कुनै कुनै विवाह भने समाजमा फरकपनको हुने गर्दछ । एउटै पेशामा रहेर काम गर्दा सुरु भएको प्रेम सम्बन्ध विवाहमा परिणत हुन एक प्रकारको सफलता नै हो । त्यस्तै सफलताको विवाह दुई रास्ट्र सेवक प्रहरी बिच भएको छ । नेपाल प्रहरीका निरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बिचको विवाहको विषयलाइ समेट्न खोजेका छौ । बिष्णुहरि फुयाल जो २०७१ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरे । सेवा प्रवेश गर्दा निकै उत्साहित भएका फुयाल प्रहरी संगठनमा अम्बल रहदै आएका छन । उनले ईलाका प्रहरी कार्यालयल चिसापानीको प्रमुख, महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गको प्रमुख, जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी वृत्त जगातीकोे अपराध अनुसन्धान शाखा प्रमुखरहि सफलता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । प्रहरी भित्रकै कमाण्डो तालिम पुरा ...
साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं १ साङ्लामा हेमोडायलाईसिस सेवा शुरु भएको छ । बुधवार एक कार्यक्रमकाबिच उक्त सेवा शुभारम्भ गरिएको हो । नगरपालिकाको वडा नं १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सेवाको शुभारम्भ गरिएको हो । स्थानिय आइतमान तामाङको मृगौला डायलाईसिस गरेर सेवा प्रारम्भ गरिएको वडा अध्यक्ष विदुर सापकोटाले बताए । सेवाको उद्घाटन गर्दै मेयर कृष्णहरि महर्जनले पालिका भित्र रहेका मृगौला पिडित बिरामी अब अन्यत्र गईरहनु पर्ने बाध्यता अन्त्य भएको बताए । साथै सेवालाई चुस्त दुरुस्त बनाउन नगरपालिकाले निरन्तर कार्य गर्ने उनले बताए । वडाध्यक्ष सापकोटाको सभापतित्व रहेको कार्यक्रममा मेयर कृष्णहरि महर्जन प्रमुख अतिथि, उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त लगाएत अतिथिका रुपमा उपस्थित थिए भने अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानियको उपस्थ...
ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं- मातृभाषा शिक्षा लागु गर्न तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेवा मुक्ति मोर्चा नेपाल, ककनी गाउँ समितिले संयुक्त रुपमा नुवाकोटको ककनी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संविधानत व्यवस्था भए अनुसार मातृभाषा शिक्षा लागु गर्ने सांस्कृतिक सम्पदाको संरक्षण गर्ने एवम् प्रथा जन्य कानुन सम्बन्धि नीति निर्माण गर्न यहि चालु आर्थिक वर्ष देखि नै लागु गर्ने गरी पहल गर्न अनुरोध गर्दै मोर्चाले गाउँपालिकाका अध्यक्ष सुमन तामाङलाई ज्ञापन पत्र बुझाएको छ । ...
खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘गौरी’ सार्वजनिक

खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘गौरी’ सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज, साहित्य/कला
महेन्द्र अधिकारी  काठमाडौं,२९ असार । हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘गौरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ‘गौरी’ गीतको कोरस आवाजमा  राजन बस्नेत,घनश्यामक्षेत्री,रुपी सिङ्जाली र प्रेमा रानाले साथ दिएका छन् । प्रसाद लामिछानेको शब्द रहेको गीतमा गायक अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियारको रहेको गीतलाई मिक्सिङ्ग कुमार रानाले गरेका छन् ।  भिडियोमा नविन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गितको अडियो निर्माण मारुनी रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ । गीतलाई शिव दर्शन फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । निर्देशक स्मृति तिमिल्सिना ‘गुरूआमा’को कोरियोग्राफर एवम् निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी, अन्ज...
काभ्रेपलाञ्चोकबाट सुरु भएको राष्ट्रिय कोटिहोम रथयात्रा नुवाकोटमा

काभ्रेपलाञ्चोकबाट सुरु भएको राष्ट्रिय कोटिहोम रथयात्रा नुवाकोटमा

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज
नुवाकोट,२९ असार। काभ्रेपलाञ्चोकबाट सुरु गरिएको राष्ट्रिय कोटिहोम रथयात्रा हिजो साँझ बिहिबार नुवाकोट आईपुगेको छ । प्रत्यक्ष प्रसारणसहित नुवाकोटका प्रमुख स्थानमा रथयात्रा गरिएको हो। नुवाकोटको विदुर नगरपालिकाको सदरमुकाम विदुर, त्रिशुली, कोलेनी, बट्टार, जालापदेवी मन्दिर देवीघाटलगायत स्थानमा रथयात्रा परिक्रमा गरिएको थियो । ॐकार फाउन्डेसनले राष्ट्रिय धार्मिक सांस्कृतिक महिमा र गरिमालाई संसारभरि फैलाउने उद्देश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका–११ स्थित बल्थलीमा राष्ट्रिय कोटिहोम आयोजना गर्न रथयात्रा सुरु गरिएको जनाएको छ । ॐकारका संस्थापक अरुण पाण्डेका अनुसार राष्ट्रिय धार्मिक साँस्कृतिक महिमा र गरिमालाई संसारभरी फैलाउने उदेश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका वडा नं ११ बल्थलीमा कोटिहोम आयोजना गर्ने उदेश्यले रथयात्रा हुन लागेको हो । रथलाई काभ्रेपलाञ्चोक जिल्लाका सबै मुख...