Thursday, April 25
Shadow

ब्यानर समाचार

नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ

नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
धुलिखेल- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१०, दोलालघाटमा आजदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गरे । सांसद गोकुलप्रसाद बाँस्कोटाले भुम्लुलगायत आसपासका क्षेत्रका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजना सपना रहेकाले परियोजनालाई सम्पन्न गर्न सबैका तर्फबाट साथ र सहयोग ...
परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, समाज, स्वास्थ्य
काठमाडौ- `स्वास्थ्य परिक्षण गरौ, निरोगी र स्वस्थ जीवन बाँचाै´ भन्ने मुल नाराका साथ परिवर्तन अभियान नेपाल नामक सामाजिक संस्थाले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविर चैत २४ गते शनिबार तारकेश्वर नगरपालिका वडा नं. ४ पुरानाे गुहृेश्वरी मा.वि. मा हुने आयोजकले जनाएको छ । शिविरमा स्त्रीरोग सम्बन्धि परिक्षण, बाल राेग सम्बन्धि परिक्षण, मेडिसिन सम्बन्धि, हाडजोर्नी सम्बन्धि परिक्षण, सर्जरी र जनरल परिक्षण हुने छ । शिविर बिहान ९:३० बजेबाट सुरु हुनेछ । शिविरको सहकार्य एसियन मेडिकल स्टुडेन्ट यसाेसियसन नेपालले गरेकाे छ । ...
पार्टीभित्र उत्पन्न विवादले आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको छ : रेशम चौधरी

पार्टीभित्र उत्पन्न विवादले आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको छ : रेशम चौधरी

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन् । तीन महिनादेखि खाना नखाएको भन्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरेका हुन् । पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् । उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् । ...
चीन भ्रमण सफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

चीन भ्रमण सफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । सात दिने भ्रमण पूरा गरी सोमबार बिहान मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन् । उनले चीन भ्रमण सफल भएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भ्रमणका क्रममा आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको जानकारी दिए । साथै, नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण गर्न तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक छलफल भएको उनले जानकारी दिए । कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र भ्रमण वर्ष २०२५ सफलतामा पुर्‍याउन चिनियाँ पर्यटक बढाउन चीनले सहयोग गर्ने श्रेष्ठले बताए । ...
कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा

कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
कपिलवस्तु : निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि प्रक्रियालाई परिमार्जन गरी तल्लो तहका नेता कार्यकर्ताहरूले नै टिकट दिनसक्ने व्यवस्था कांग्रेसलेगर्नु पर्नेमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जोड दिएका छन्। महिनौंसम्म काठमाडौं बसेर पार्टीका शक्ति केन्द्रहरूमा धाउने, चाकडी गर्ने र टिकट ल्याउने परिपाटीले आम कार्यकर्ताहरूमा निराशा आएको र पार्टीको आधिकारिक उम्मेदवारहरूविरुद्ध विद्रोह हुने गरेको नेता थापाले बताए। वडा तहको टिकट वडा तहकै पार्टीका समिति तथा जिम्मेवार नेताहरूले वितरण गर्नसक्ने, पालिका तहको पालिका तहकै, प्रदेश र संघीय सांसदको टिकट प्रदेश तथा संघीय क्षेत्रका समितिहरूको व्यापक छलफल र सरसल्लाहमा वाडिने कार्यविधि निर्माणका लागि आफू केन्द्रीय समितिमा गृहकार्य गरिरहेको नेता थापाले बताए। ...
सरकारले पहिलो पटक तोक्यो चैते धानको मूल्य

सरकारले पहिलो पटक तोक्यो चैते धानको मूल्य

आर्थिक, कृर्षि, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाण्डौ– सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को हिजो बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतन समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।...
भारतमा आरजुको सफल शल्यक्रिया

भारतमा आरजुको सफल शल्यक्रिया

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाको हाइपर पाराथाइरोडिज्मको सफल शल्यक्रिया गरिएको छ । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत देउवाको बुधबार सफल शल्यक्रिया गरिएको उनका स्वकिय सचिव कमल रावलले जानकारी दिए । देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्शअनुसार अझै केहि समय अस्पतालमै बसेर उपचार गराउनुपर्ने रावलले बताए ।...
गगनको संवादयात्रा पुन: सुरु

गगनको संवादयात्रा पुन: सुरु

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौं- कांग्रेस महामन्त्री गगनकुमार थापाले पश्चिम नवलपरासीमा बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेर पुनः संवाद यात्रा सुरु गरेका छन्। उनले बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुराबाट संवाद यात्रा सुरु गरेका हुन्। महामन्त्री थापाले माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा सुरु गरेका थिए। उक्त यात्रा माघ २२ गते गोपीगन्जमा पुगेर स्थगित भएको थियो। महामन्त्री थापाले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायत जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूसँग संवाद गर्ने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। आज बिहीबार पश्चिम नवलपरासीमा आयोजित संवाद यात्रामा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे। उनले भने, ‘सरकारमा सहभागी दलहरू नै यो सरकार लामो समय टिक्ने भन्नेमा आशावादी छैनन्।’...
संसदीय समितिमै मागे सांसद बडूले गृहमन्त्री लामिछानेको राजीनामा

संसदीय समितिमै मागे सांसद बडूले गृहमन्त्री लामिछानेको राजीनामा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्षरूपमा छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । सांसद बडूले छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिकरूपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए ।...
विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

विश्वविद्यालयले अपेक्षित जनशक्ति उत्पादन गर्न सकेन : पर्यटन मन्त्री तामाङ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन व्यवस्थापन प्रतिष्ठानको विकासको लागि कानूनी अवरोध बिस्तारै हटाउने बताएका छन् । आज मंगलबार नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको ५१ औँ वार्षिकोत्सव समारोहमा उनले गठन आदेशबाट स्थापना भएको संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन नसकेको उल्लेख गर्दै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले अगाडि बढिरहेको बताए । उनले भने, ‘एउटा गठन आदेशबाट स्थापना भएको यो संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन सकेका छैनौ । त्यसतर्फ पनि ध्यान दिई रहेका छौँ र छिटै नै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले पहल गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढिरहेका छौँ । यो संस्थाको गरिमा बढाउने कुरा मात्रै होइन, अगाडि बढ्नको लागि कानूनी अवरोध जुन खडा भएको छ, त्यो बाटो पनि बिस्तारै खोलिने छ ।’ उनले पर्यटन क्षेत्रले नेतृत्व...