Thursday, April 25
Shadow

आर्थिक

सरकारले पहिलो पटक तोक्यो चैते धानको मूल्य

सरकारले पहिलो पटक तोक्यो चैते धानको मूल्य

आर्थिक, कृर्षि, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाण्डौ– सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को हिजो बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतन समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।...
नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ : उपाध्यक्ष कोनेल

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी वित्तीय उपाध्यक्ष तथा ग्रुप नियन्त्रक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् । “मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,” उनले भनिन्, “नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।” लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागु गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे ।...
दशैं–तिहारमा सोफा बिक्रेताको स्कुटर अफर

दशैं–तिहारमा सोफा बिक्रेताको स्कुटर अफर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ- महान पर्व दशैको अवसरमा घरको शान तथा गौरब सोफा किन्दा स्कुटर उपहार पाउने भएको छ। काठमाडौँ र चितवनमा सञ्चालित सोफा व्यवसायमा विश्वसनीय कंपनी सोफा हबले दशैँ उक्त अफर सार्वजनिक गरेको हो। ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ गुणस्तरीयलाई जोड दिदै सहुलियत मूल्यमा सोफा हबले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सोफा किन्ने ग्राहकलाई लक्षित गरेर धमाकादार अफर सार्वजनिक गरिएको सोफा हबका म्यानेजिङ डाइरेक्टर तारालाल (हरि) धरेलले जानकारी दिएका छन्। उपहार अन्तर्गत इभी स्कुटर, इलेक्टिक जग, आइरन, वेड कभर, डोर म्याटलगायत थुप्रै उपहार भएको पनि युवा व्यवसायी समेत रहेका धरेलले बताएका छन्। सञ्चालक धरेलका अनुसार सोफा हबमा सोफा किन्न आउने हरेक ग्राहकलाई कुपन प्रदान गरिनेछ । उक्त कुपनमार्फत स्क्राच गर्दा विजेता ग्राहकलाई उपहार योजना प्रदान गरिने...
टोखामा आजदेखि कर सप्ताह अभियान शुरु

टोखामा आजदेखि कर सप्ताह अभियान शुरु

आर्थिक, मुख्य समाचार, स्थानिय तह
काठमाडौँ- टोखा नगरपालिकाले आइतबार(आज)देखि कर सप्ताह अभियान मनाउँदै छ । नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले पहिलो पटक कर सप्ताह मनाउन लागेको हो । नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको निर्णयअनुसार कर सप्ताह मनाउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । पालिकाले असोज १४ देखि २१ गतेसम्म कर सप्ताह मनाउने छ । अहिले ७ बजेबाट शुरु हुने प्रभातफेरीमा व्यापक सहभागितासहित साता दिनसम्म विविध कार्यक्रमहरू आयोजना गरेर कर दिवसलाई भव्यताका साथ मनाउने प्रमुख प्रशासकीय अधिकृत बिसिको भनाई छ । गत आर्थिक वर्षमा २४ करोड ५२ लाख राजस्व सङ्कलन गरेको नगरपालिकाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घर बहाल करमा १६ प्रतिशत र अ...
सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदीको मूल्य भने स्थिर

सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदीको मूल्य भने स्थिर

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ,३१ असार । नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ३०० सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (आइतबार) छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० सय र तेजाबी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरि, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...
आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने

आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ,३१ असार । नेपाल आयल निगमले (आइतबार) आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य(अटोप्राइस) लागु गर्ने भएको छ। नेपाल आयल निगमले २०८० साउन १ गतेदेखि इन्धनमा पूर्ण रूपमा स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने जनाएको छ । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । सरकारको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागू गरिने निगमले जनाएको छ । यसअघि मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन । हाल बजारमा पेट्रोल प्रतिलिटर १७०, डिजेल र मट्टितेल १५०, हवाई इन्धन प्रतिलिटर १३६...
राष्ट्रिय सभाबाट आर्थिक विधेयक २०८० पारित

राष्ट्रिय सभाबाट आर्थिक विधेयक २०८० पारित

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, २९ असार । राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ । शुक्रबार आज बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । पारित गरिएसँगै सो विधेयकलाई सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा पठाइएको छ ।
यस्तो छ आज बुधबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज बुधबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,२७ असार । नेपाल राष्ट्र बैंकले आज असार २७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ ०९ पैसा पुगेको छ। युरो एकको खरिद दर ११४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ, यस्तै बेलायती पाउण्ड एकको खरिद दर ११६९ रुपैयाँ ७७ पैसा र बिक्री दर १७० रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।...
सुनचाँदीको भाउ आज स्थिर,कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको भाउ आज स्थिर,कतिमा हुँदैछ कारोबार?

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २६ । नेपाली बजारमा आज मंगलबार पनि सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० सय रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ।  ...
आज शनिवार पनि बैंक तथा बीत्त कम्पनीहरु खुल्ने

आज शनिवार पनि बैंक तथा बीत्त कम्पनीहरु खुल्ने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २३ । नेपाल राष्ट्र बैंकले आज शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर ९ईएफटी०को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो । दोस्रो त्रैमासको अन्तिम शनिबार पनि भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु आज शनिबार पनि खुला रहने भएका छन् । राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।  ...