वचन सहकारीले आफू मुख्य आयोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने
काठमाडौ - वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौंका अध्यक्ष मुकुन्दराज खनालले संस्थाको १४औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० फाल्गुण १९ गते काठमाडौंको गोकर्णमा आयोजित सहकारी शिक्षा तथा वनभोज कार्यक्रमको अध्यक्षता गर्दै उहाँले ‘अहिलेको विषम परिस्थितिमा सम्भाव्यता हेरेर हाम्रा कार्यक्रमलाई सहयोग गर्दै वचनको पछि लाग्नु वचनको जीत हो र वचनको जीत भनेको यसका सदस्यको जीत हो’, भन्नुभयो । सहकारीमा देखिएका चुनौति र समस्या समाधानको उपाय खोजी गर्न निकट भविष्यमा वचनले आफू मुख्य आयोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । शेयर सदस्य , कर्मचारीहरु लगायतमा शुभकामना व्यक्त गर्दै उहाँले आगामी वर्षदेखि वचनको स्थापना दिवस लगायतका रचनात्मक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका लोकसेवा आयोग...