Tuesday, April 16
Shadow

Author: Interview Nepal

कालिदेवी मा.वि ले आफ्नो ३६औं स्थापना दिवस सम्पन्न गर्‍यो

कालिदेवी मा.वि ले आफ्नो ३६औं स्थापना दिवस सम्पन्न गर्‍यो

समाचार
काठमाडौ –  २०८० - चैत्र - ३० गते तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित कालिदेवी मा.वि ले ३६ औं स्थापना दिवस अभिभावक दिवसको रुपमा भब्य कार्यक्रम गरेर मनाएको छ । उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष राधाकृष्ण खड्किको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथि नगर प्रमुख कृष्णहरि महर्जन विशिष्ट अतिथि नगर उपप्रमुख सिर्जना बुर्लाकोटी लगाएत अन्य अतिथिहरुमा नगर शिक्षा समिती, शिक्षा समन्वय समिति , स्थानीय राजनैतिक दलका प्रतिनिधि लगायत बिद्यालय लाई लामो समयदेखी सहयोग गर्ने सहयोगी हरु थिए । उक्त कार्यक्रममा बोल्नुहुंदै नगरप्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल बिस्तारै आउन सुरु गरेको बताउनुभयो । सामुदायिक विद्यालयहरुले कक्षा ८ को परिक्षामा गत बर्ष ३२ प्रतिशत नतिजा ल्याएकोमा यस बर्ष ५६.५ प्रतिशत नतिजा ल्याएको बताँउदै नगरप्रम...

इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आज अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ । आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन पनि आग्रह गरिएको छ । यसैगरी आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूताबासले अनुरोध गरेको छ । दूतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ तोकिएको छ । इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएका छन् । उक्त आक्रमणपछि सोमबार राति ११ बजेसम्...
एउटै पार्टीका दुईजनाको मुख्यमन्त्रीमा दाबी

एउटै पार्टीका दुईजनाको मुख्यमन्त्रीमा दाबी

ब्यानर समाचार 2, मुख्य समाचार
सुदूरपश्चिम, २ वैशाख : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेशसभा सदस्यले आज छुट्टाछुट्टै रुपमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिको दाबी पेस गर्नुभएको छ । प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेताको हस्ताक्षरसहितको समर्थनमा नाउपाका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभयो । केही समयपछि सोही पार्टीका अर्का प्रदेशसभा सदस्य कैलाश चौधरीले केन्द्रीय गठबन्धनअनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेकपा (एमाले) र नाउपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभयो । लक्ष्मणकिशोरलाई मुख्यमन्त्री नियुक्ति गर्नमा प्रदेशसभामा रहेका राप्रापाका एक सदस्यको पनि समर्थन रहेको जनाइएको छ । एउटै पार्टीबाट दुईजनाको मुख्यमन्त्रीमा दाब...
आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

समाचार
काठमाडौं- नेपालमा थुप्रै राजनैतीक दलहरु स्थापना भएका छन् । लामो इतिहास र पृष्ठभूमि बनाएका दल र तीनका भातृ संगठनहरु पनि स्थापित नै छन् । नयाँ खोलिएका दलहरुका पनि आफ्नै भातृ संगठनहरु रहेका छन् । भातृ संगठनहरु पार्टीको बलियो आधार पनि हो । राजनैतीक पार्टीहरुले फरक फरक नामका भातृ संगठनहरु स्थापना गरेका छन् । ती मध्ये नेपाली कांग्रेसको गौरवशाली इतिहास बोकेको भातृ संगठन हो नेपाल तरुण दल । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दल आज पनि उत्तिकै शसक्त रहेको छ । नेपालको राजनैतिक परिवर्तनका लागि भएका थुप्रै आन्दोलनहरुमा तरुण दलको दलको भूमिका अतुलनिय रहेको छ । राजनैतिक दलका भातृ संगठनहरु पार्टीमुखि मात्र भईरहेको परिवेशमा नेपाल तरुण दलले भने आत्मनिर्भताको यात्रा तय गरेको छ । गत चैत १५ र १६ गते अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बस...
आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

आफ्नै भवन निर्माणमा जुट्दै नेपाल तरुण दल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपालमा थुप्रै राजनैतीक दलहरु स्थापना भएका छन् । लामो इतिहास र पृष्ठभूमि बनाएका दल र तीनका भातृ संगठनहरु पनि स्थापित नै छन् । नयाँ खोलिएका दलहरुका पनि आफ्नै भातृ संगठनहरु रहेका छन् । भातृ संगठनहरु पार्टीको बलियो आधार पनि हो । राजनैतीक पार्टीहरुले फरक फरक नामका भातृ संगठनहरु स्थापना गरेका छन् । ती मध्ये नेपाली कांग्रेसको गौरवशाली इतिहास बोकेको भातृ संगठन हो नेपाल तरुण दल । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दल आज पनि उत्तिकै शसक्त रहेको छ । नेपालको राजनैतिक परिवर्तनका लागि भएका थुप्रै आन्दोलनहरुमा तरुण दलको दलको भूमिका अतुलनिय रहेको छ । राजनैतिक दलका भातृ संगठनहरु पार्टीमुखि मात्र भईरहेको परिवेशमा नेपाल तरुण दलले भने आत्मनिर्भताको यात्रा तय गरेको छ । गत चैत १५ र १६ गते अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बसेको ...
आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेबिसंघ पिपल्स क्याम्पसद्धारा हस्ताक्षर संकलन

आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेबिसंघ पिपल्स क्याम्पसद्धारा हस्ताक्षर संकलन

मुख्य समाचार, राजनिती, शिक्षा
काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पिपल्स क्यापसले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै दबाब स्वरुप विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेको छ । क्याम्पसमा भएका तमाम बेथितिहरुका विरुद्ध हामिले गत चैत गते नै क्यामपस प्रमुख मनोज कुँवरलाई विज्ञप्ती बुझाई ध्यानाकर्षण गराउदा पनि कुनै सम्बोधन नभएपछी दबाब स्वरुप हस्ताक्षर संकलन गरिएको नेविसंघ क्याम्पस इकाई सभापति प्रदिप जंग शाहले बताए । हाम्रो मागहरु क्याम्पसले सम्बोधन नगरे जुनसुकै कदम पनि उठाउन नेविसंघ तयार रहेको उनले बताए । नेविसंघले इ लाईब्रेरिको ब्यवस्था गरियोस्, भर्ना फर्म शुल्क घटाइयोस्, खेलमैदान को उचित ब्यवस्था गरियोस्, एमबिएस र बिबिएस का विद्यार्थीहरुलाई ब्रेक टाईम को ब्यवस्था गरियोस्, नयाँ कोर्षका अनुसार लाईब्रेरिमा बुक हरुको राखियोस्, कर्मचारी नियुक्त्ती गर्दा विज्ञापना खुलाई खुल्ला प्रतिस्पर्...
आजबाट भर्ना अभियान शुरू, ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

आजबाट भर्ना अभियान शुरू, ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं- नयाँ शैक्षिक सत्रका लागि आजबाट ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने गरी देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ। भर्ना अभियान कार्यक्रमअन्तर्गत विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छाडेका (ड्रप आउट) २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान शुरू भएको छ। त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले अभियानअन्तर्गत शैक्षिक सत्र २०८१ मा १२ लाख १३ हजार बालबालिकालाई विद्यालयमा ल्याउन अभियान शुरू गरेको जानकारी दिनुभयो।...
राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण विधेयक प्रमाणीकरण

मुख्य समाचार, राजनिती
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् । ...
नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ

नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध : पर्यटन मन्त्री तामाङ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
धुलिखेल- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१०, दोलालघाटमा आजदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गरे । सांसद गोकुलप्रसाद बाँस्कोटाले भुम्लुलगायत आसपासका क्षेत्रका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजना सपना रहेकाले परियोजनालाई सम्पन्न गर्न सबैका तर्फबाट साथ र सहयोग ...
साङ्ला बालकुमारी मा.बि. सामुदायिक विद्यालयले स्थापनाको ७३औं बार्षिकोत्सब तथा अविभावक दिवस सम्पन्न गर्‍यो

साङ्ला बालकुमारी मा.बि. सामुदायिक विद्यालयले स्थापनाको ७३औं बार्षिकोत्सब तथा अविभावक दिवस सम्पन्न गर्‍यो

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाण्डौं - श्री साङ्ला बालकुमारी मा.बि. सामुदायिक विद्यालयले स्थापनाको ७३औं बार्षिकोत्सब तथा अविभावक दिवस चैत्र २७ गते तारकेश्वर नगरपालिका वडा नं १ चुनि स्थीत विद्यालय प्राङ्गणमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्य, नगर उप प्रमुख सिर्जना बुर्लाकाेटी अर्यालकाे विषेश आतिथ्य र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर सापकाेटाकाे सभापतित्वमा विद्यालयले ७३ओैं एवं अविभावक दिवस सम्पन्न गरेकाे छ । कार्यक्रम संचालन सहायक प्रधानाध्यापक मोहनकुमार दाहालले गर्नुभएको थियोे । विद्यालयको स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिका जिम्मेवार बनेर लागि परेको बताँउदै शैक्षिक सुधारका असरपर्ने खालका गलत गतिविधि स्वीकार्य नहुने बताउनु भयो । हामी काम गर्न आएका हाैं हामी कम बाेल्छाै काम धेरै...