Thursday, April 18
Shadow

दुर्गा बिरहीले निर्देशन गरेको नयाँ गीत “भोकै छौकि” सार्वजनिक


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर,कार्तिक ७
गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” सार्वजनिक भएको छ।

वास्तविक कथामा आधारित परदेशी र घर देशीको वेदनाले भरिएको गीतमा शब्द तथा संगीत पनि क्षेत्री कै रहेको छ भने संगीत संयोजन राजेश बर्देवाले गरेका छन् ।

आत्मा विश्वास फिल्मस प्रा लि को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा बिरेन्द्र परिवारकोे छायांकन रहेको छ भने अनिल बिष्टले सम्पादन गरेका छन्। यो दोहोरी भाकालाई मालिका स्टुडियोमा रेकर्डिङ गरिएको हो । सो गीतलाई हेमराज डांगी ले मिक्सिङ गरेका हुन् ।

दुर्गा बिरहीले निर्देशन गरेको भिडियोमा अर्जुन वि क र मेनुका कार्की तथा बाल कलाकार बिकाश वि क को उत्कृष्ट अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई आत्मा विश्वास फिल्मस अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

“भोकै छौकि” बोलको गीतको भिडियो उत्कृष्ट बनेको दर्शक श्रोताको प्रतिकृया एकदम राम्रो आएको गायक बिरही ले जानकारी दिए ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares