Saturday, April 20
Shadow

तारकेश्वर गाउँपालिकामा २६ कार्यकर्ता नेकपा परित्याग गरि कांग्रेस प्रवेश


  • -इ
  • इ+


काठमाण्डौँ, कार्तिक ५
नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ इकाई समिति द्वारा आयोजित कार्यक्रममा २६ नेकपाका कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसम प्रवेश गरेका छ्न । वडा नम्बर ३ का इकाई सभापति दिपेस शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुर सिंह लामाको प्रमुख अथिती रहेका थिए भने महाधिवेशन प्रतिनिधि चोकराज शाक्य ,लागयत नेताहरुको बिशेष उपस्थिती रहेको थियो ।

नेकपाका लाल बहादुर तामाङ लगाएतले पार्टी प्रवेश गर्दै अब तारकेश्वरमा नेपाली कांग्रेसको बिकल्प नभएकोले आफुहरु नेकपा परित्याग गरेर कांग्रेसमा आएको बताए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुर सिंह लामाले नव आगन्तुक कार्यकर्ताहरू लाई स्वागत गर्दै बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना ब्यक्त गरेको नेबिसंघका नेता दिपेन्द्र ढकालले बताए । साथै उक्त कार्यक्रममा खेलकुद सामाग्री पनि बितरण गरिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares