Friday, April 19
Shadow

गायक तथा संगीतकार हेम श्रेष्ठ र सरिता भारतीले ल्याए मार्मिक दशैंगीत “यसपालीको दशैं” भिडियो सार्बजनिक


  • -इ
  • इ+


महेन्द्र अधिकारी/नुवाकोट,कार्तिक १
नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर गायक हेम श्रेष्ठ र गायिका सरिता भारती ले आफ्नो युगल स्वरमा नयाँ दशैं गीत “यसपालीको दशैं” सार्बजनिक गरेका छन् । काठे भाकामा तयार गरिएको दोहोरी भाकाका लय संकलन तथा संगीत हेम श्रेष्ठ कै रहेको छ । काठेभाकामा आफ्नो फरक परिचय बनाईसकेका हेमको यो गीत निकै मार्मिक बनेको छ ।

बिदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई यो गीतमा समेटिएको गायक श्रेष्ठ ले बताएका छन् । यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीतको भिडियोलाई पनि क्षैत्रीले नै निर्देशन गरेका हुन् । यो गीतलाई रामकृष्ण थापाले संगीत संयोजना गरेका हुन् । यो दोहोरी काठे भाकालाई अनामनगरको एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो । सो गीतलाई गोविन्द सोनी ले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा गायिका भारतीसँगै अभिनेता श्रीदेब भट्टराई को जोडी रहेको छ ।

भिडियोमा विद्या कार्की, नारायण श्रेष्ठ, साजन श्रेष्ठ, बिष्णश्रेष्ठ को अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई हामी सबैको युट्युब अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares