Friday, March 29
Shadow

मनतातो पानी पिउनुका फाइदा


  • -इ
  • इ+

हरेक प्राणीको जीवनका लागि पानी अत्यावश्यक छ । पानीबिनाको जीवनको कल्पना समेत गर्न सकिँदैन।

साथै स्वस्थ जीवनका लागि पनि पानीको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । हरेक मानिसले खाने पानीको मात्राले मानिसको स्वस्थतालाई बढाउने या घटाउने कार्य गर्छ । चिकित्सकहरूका अनुसार दैनिक रूपमा करिब ५ लिटर पानी पिउनु स्वास्थ्यका लागि निकै उपयुक्त मानिन्छ ।

यस्तै, मनतातो पानी पिउनु पनि उत्तिकै फाइदाजनक हुन्छ । स्वास्थ्यका हिसाबले मनतातो पानी चिसो पानीभन्दा उत्तम हुन्छ । शरीर शुद्धीकरणका लागि मनतातो पानी फाइदाजनक मानिन्छ । साथै, अन्य विभिन्न रोगबाट बच्नका लागि समेत मनतातो पानिको प्रयोग गर्नु उत्तम मानिन्छ । केही यस्ता रोगहरू जुन मनतातो पानीले कम गर्न सक्छ ।

– मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाउन सकिन्छ । मनतातो पानीले पाचन प्रणालीलाई चुस्त राख्न मद्धत गर्छ । पाचन प्रणाली चुस्त हुँदा पेटसम्बन्धि समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।

– मनतातो पानी पिउनाले शरिरको मोटोपन कम गर्न मद्धत गर्छ ।

– मनतातो पानी पिउनाले शरीको रक्तसञ्चार चुस्त हुन्छ र रगतसँग जोडिएका स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

– मनतातो पानीको प्रयोगले छालामा आउने डण्डिफोर, फुस्रोपनालाई कम गर्न मद्धत गर्छ र छालालाई स्वस्थ राख्नका लागि सहयोग गर्छ ।

– चिसोबाट सुरक्षा पाउनका लागि मनतातो पानीको प्रयोग गर्नु उत्तम मानिन्छ । रूघा, खोकी, कफ जस्ता समस्याबाट मुक्ति दिन्छ ।

– शरिरबाट पसिना निस्कनुलाई राम्रो मानिन्छ । पसिना निस्कँदा विभिन्न रोगको संक्रमणबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् र पसिनाको उचित निष्कासनका लागि मनतातो पानी फाइदाजनक हुन्छ । -एजेन्सी

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares