Tuesday, April 23
Shadow

काम देखाउनकै लागि सडक बनाईन्छ अनि भत्काईन्छ


  • -इ
  • इ+

राजेन्द्र गजुरेल
पछिल्लो समय नेपालमा सडकलाई मागि खाने भाडो बनाईदै छ । अझै स्थानीय तहले त सडक विस्तारलाई नै विकासको प्रारम्भ मानेका छन् । भौगोलिक अवस्था जे जस्तो भएतापनि संरचनाको आधारमा गाउँपालिका वा नगरपालिका घोषणा गरे संगै स्थानीय तहका जनप्रतिनिधिको पहिलो रोजाईमा सडक नै परेको छ ।

सडक विस्तार आवश्यकता संगै चुनौति

सडक विकासको मेरुदण्ड हो । तर त्यही मेरुदण्डलाई कमजोर बनाउने तर्फ सम्बन्धित व्यक्ति तथा निकायहरु लागि रहेका छन् । सडक विस्तार हुनु सकारात्मक पक्ष हो । त्यही सडक विस्तार गर्दा कसरी र कुन पद्धतिबाट विस्तार गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । जनताले आफ्नै घर आगनमा आएको स्थानीय तह संग धेरै आशा गरेका छन् । जनताका ईच्छा चाहना आफ्नो घर सम्म जानको लागि मोटर बाटोको विस्तार होस् भन्नु ठिक हो । साथै जनताका ईच्छा चाहनालाई सम्बोधन गर्न स्थानीय तहलाई चुनौति पनि रहेको छ ।

सडक विकासको मुख्य आधार हो भन्दैमा सडक बाहेक अरुलाई विकासको आधार नै नमान्नु गलत हो । यही भईरहेको छ अहिले । तपाई हाम्रो गाउँठाउँमा अनि पुरा नेपालमा नै यस्तो अवस्था छ कि डाडाँकाडाँलाई नै हेर्ने हो भने पनि मानिसको वस्ति नै नभएको ठाउँमा समेत सडक विस्तार भएको छ । सडक विस्तार यसरी गरीएको छ कि मापदण्डको कुरा त परै जाओस् दोजरको चालकलाई नै ईन्जिनियर बनाईन्छ अनि सडक विस्तार गरिन्छ । ‘सोचौन एकछिन ट्याक्टर चालकलाई प्लेन चलाउन दिईयो भने के होला ? हो यस्तै छ हाल नेपालको सडक विस्तारको अवस्था ।’

सडक समस्या एक दुई स्थानको मात्र नभई पुरा देशकै हो । सुविधा सम्पन्न शहर होस् या कुनै विकट गाउँ नै किन नहोस् जे जस्तो भएता पनि सडक समस्या सबैले भोग्नु परिरहेको छ । कतै सडक नपुगेर समस्या त कतै सडक पुगेर पनि समस्या । नेपालको अधिकांश ठाउँहरुमा सडक पुग्न नसक्दाँ विकास निर्माणका कार्य नै प्रभावित भएको छ । भने, शहरी क्षेत्रहरुमा भएका व्यवस्थित सडकहरुलाई काम देखाउनकै लागि भत्काईन्छ अनि त्यसैलाई बनाउन ठूलो बजेट लगानी गरीन्छ ।

नेपाली सडकको विशेषता केबल फुक्का धुलो र हिलो

सबैको सपनाको शहर काठमाण्डौ अझ भनौ देशकै राजधानि काठमाण्डौमा तपाई हामि मध्ये जो कोहिलाई पनि थाहा नै छ सडक व्यवस्थाको बारेमा । सधै व्यस्थ रहने काठमाण्डौ लगाए देशका अन्य शहरहरुको सडक अस्थव्यस्थ अनि भद्रगोल रहेको छ । वर्षेनि सडकमै सरकारले करोडौ लगानी गर्छ तर खै त्यो करोडौको प्रतिफल ? छ त केबल फुक्का धुलो र हिलो ।

गाउँगाउँमा स्थानिय सरकार आए पछि त जनप्रतिनिधिको आखाँमा छ त केबल सडककै सपना । भएका सार्वजनिक जमिन,उर्वरा भूमि,वन जङगल विनास गर्दै सडक विस्तार गरीरहेका छन । के विस्तार भएका ति सडकमा मोटर पुग्लान त ? सडक आएकोमा खुशि भएका जनता सोहि बाटो हुदै आफ्नो गाउँमा मोटर आउनेमा आशावादि छन । के त्यो पुरा होला त ? ‘पुषमा शिलान्यास गरेर असारमा निर्माण सुरु गरीने नेपाली शैलिलाई हेर्ने हो भने त्यो सबै जनताको आखाँमा छारो हाल्नु शिवाय अरु केहि हुदैन ।’

अन्दाधुन्दको लगानी प्रतिफल शुन्य

ग्रामीण क्षेत्रमा अन्धाधुन्ध रुपमा सडक विस्तार गरिँदै छ भने शहरी क्षेत्रमा भएका पक्कि सडक भत्काईदै छ । मुख्य सडकहरुमा ढल निकास,खानेपानी विस्तार, नयाँ बजेट कार्यान्वयन लगायतका विषयलाई लिएर सडक भत्काईदै छ । सर्वसाधारण जनता हिड्ने सडक सधै हिलाम्य र धुलाम्य भइरहँदा जनता कै लागि भनेको स्थानीय तह, जनप्रतिनिधि र सरकार आँखा चिम्लेर ठेकेदारलाई वर्षेनि करोडौको बजेट थमाई रहेका छन् । सडकमा लगानी मात्र होईन गरीएको लगानीको प्रतिफल पनि त्यहि अनुसारको हुनु आवश्यक रहेको छ । सडकमा हुने लगानी जनपक्षिय र दिगो एवम् टिकाउ विकास तर्फ सरकारको ध्यान जान जरुरी रहेको छ ।

भौगोलिकताको आधारमा विकास आवश्यक

भौगोलिक विकटता र फरक भू–संरचना रहेको नेपालको समानुपातिक विकास गर्न भने चुनौति पनि रहेको छ । तराईमा भएको सडक विस्तार र पहाडि भू–भागमा निर्माण गरीने सडकको स्तर विल्कुलै फरक पर्दछ । त्यसैले नेपालको परिवेशमा समथर भू–भागमा सडक विस्तार गर्न भन्दा पहाडि र विकट क्षेत्रको सडक विस्तारमा ध्यान जानु आवश्यक रहेको छ । साथै विकास निर्माण संगै पर्यावरणीय वातावरणलाई समेत ध्यान दिन जरुरी रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares