Thursday, April 25
Shadow

काठमाडौं उपत्यकामा थपिए २१२९ कोरोना संक्रमित


  • -इ
  • इ+

असोज २७, काठमाडौं । काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १७४६ जना, भक्तपुरको १६७ जना र ललितपुरका २ सय १६ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो। कोरोनाका ३ हजार ५ सय ५६ संक्रमित थपिएका छन्।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको उनले बताए। कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ। मंगलबार मात्र थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares